Breaking News

राजावादीको आन्दोलन हिंसात्मक भएपछि कर्फ्यु जारी

काठमाडौँ । राजावादी समूहको नेतृत्व गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कर्फ्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइ कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।