काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ गौतम गाउँको एक घरमा भीषण आगलागी भएको छ ।
स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगो नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल प्रयोग गरिएको छ । बाटो साँघुरो भएका कारण ठूलो दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगो निभाउन प्रयोग गरिएको
थियो । ठूलो दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको थियो।
आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।