Breaking News

ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? -अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै भने, कुनै पनि प्रकारका दिवा स्वप्न नदेख्न चेतावनी दिएका छन् । अध्यक्ष प्रचण्डले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाउँदै धेरै चुरीफुरी नगर्न समेत चेतावनी दिएका छन् ।

प्रचण्डले भने, (भाईमारा) वंश मास्ने र ठूलठूला पुराना मूर्ति चोर्ने को हो ? उनैले आज धाक लगाउन मिल्छ ? २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छैन । मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”

प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको तर पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्‍याउने बताए ।

“मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो ।

प्रचण्डले ज्ञानेन्द्रको दुस्साहसलाई जवाफ दिन आफूहरू तयार भएको बताए । उनले आफू प्रधानमन्त्री जनताको बलमा नै भएको बताए । “हामीलाई शान्ति सम्झौतामा कुनै प्रभुहरूले, राजामहाराजाहरूले ल्याएको होइन । हामीलाई पटक–पटक प्रधानमन्त्री कुनै प्रतिक्रियावादी बुर्जवाहरूले बनाएको होइन, जनताकै तागतका बलमा देशको नेतृत्व लिने बताएका थिए ।

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’