Breaking News

राजावादीको २५ गते को जुलुसलाई ठुलो घटना घटाउने कुचेष्टा समाजवादी मोर्चाको निष्कर्ष

काठमाडौँ । समाजवादी मोर्चाको आज बैठक बसेको छ । बैठकपछि प्रवक्ता तथा नेकपा का नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले भने, गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठुलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ । बैठकले प्रतिगामी षड्यन्त्रबारे गम्भीर समीक्षा भएको उनले बताए ।

‘२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने जुन हर्कत चलिराखेका छन् । यसलाई हामीले ठुलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ । वस्तुनिष्ट ढंगले विश्लेषण गरेको छौँ । षड्यन्त्रबारे गम्भीर समीक्षा गरेको छौँ ।

मोर्चाले २५ गते राजावादीको जुलुसलाई ठुलो घटना घटाउने कुचेष्टा भएको ठहर गरेको छ ।

त्यस्तै बैठकले आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने भएको छ ।
गणतन्त्रका विरुद्धमा गम्भीर षड्यन्त्र सुरु भएको निष्कर्ष निकाल्दै यसका विरुद्धमा आगामी चैत १५ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने निर्णय भएको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।