Breaking News

अध्यक्ष डा. सीके राउतले कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन गरेका छन् । अध्यक्ष रावतले आज निर्णय गर्दै कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई निलम्बन गरिएको वक्तव्य निकालेर निलम्बन गरिएको छ । तर कोषाध्यक्ष यादवले आफुलाई व्यक्तिगत रिसिइबीका कारण पार्टी अध्यक्ष राउतले निलम्बन गरेको बताएका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै आज उनलाई पार्टीबाट निलम्बन गरेका हुन् ।

स्वतन्त्र मधेस गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद) को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको बताइएको छ ।