Breaking News

साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु

शंकरापुर नगरपालिका–६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ।

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

आश्रयस्थलका १० जना सुतिरहेको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो।

टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन गम्भीर घाइते भएका थिए।

उनीहरूलाई प्रहरीले उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा निज तीनै जनालाई ४ः३३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

टिपर चालक सिन्धुपाल्चोक मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।