Breaking News

म माथि जति षड्यन्त्र रचिए पनि कार्यकालको अन्तिम समयसम्म बिचलित नभई ऊर्जा क्षेत्रको हितमा काम गरिरहने छु – प्रबन्ध निर्देशक कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले आफूमाथि जति षड्यन्त्र रचिए पनि कार्यकालको अन्तिम समयसम्म बिचलित नभई ऊर्जा क्षेत्रको हितमा काम गरिरहने प्रतिबद्धता जनाएका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जति स्पष्टीकरण सोधे पनि आफू नअत्तालिएको बताए । पदमा रहेको अन्तिम क्षणसम्म पनि दत्तचित्त भएर काम गरिरहने घिसिङको भनाई छ ।

‘आज हो कि भोलि हो भन्ने हल्ला तपाईंहरुले पनि सुन्नुभएकै होला, मेरोचाहिँ अन्तिम समयसम्म काम गर्नुपर्छ भन्ने मान्यता हो’, उनले भने, ‘मैले पाँच छ वटा स्पष्टीकरण दिए हुँला, त्यसले अर्थ राख्दैन । मन्त्रालयले मलाई शून्य अंक दियो, त्यसले पनि अर्थ राख्दैन ।’

एमडी घिसिङले राष्ट्रिय जिम्मेवारीसहित पदमा बस्दा केही अवरोध आउनु सामान्य हो भन्दै ऊर्जामन्त्री दिपक खड्कालाई कटाक्षसमेत गरे । ‘जति स्पष्टीकरण खाए पनि अन्तिम क्षणको एक घण्टासम्म काम गर्ने ल्याकत राख्नुपर्छ, म त्यहि ल्याकतले हिँडिरहेको छु, अवरोध गर्नेले गरिरहन्छन्’, उनले थपे ।

कुलमानले त्यसो भनिरहँदा यता उनको पक्षमा विपक्षी दल संसदमा एकजुट भएका छन् । घाटामा गएको संस्थानलाई नाफामा पुर्याएर असल काम गरेका एमडीलाई हटाइए सडक तताउने विपक्षीहरुको चेतावनी छ ।