पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा ९८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

२४ जेठ, सुर्खेत । कोरोना भाइरसका संक्रमित थिपिने क्रममा आज कर्णाली प्रदेशको सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना मा संक्रमण भएको बताइएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।