Breaking News

काठमाडौं । चर्चित युवागायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति हृदयघात भएपछि उपचारका लागि बागबजारस्थित मोडल अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । अहिले उनको शव अस्पतालमै रहेको गायक तथा संगीतकार महेन्द्र राईले जानकारी दिए ।

विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका थुप्रै गीत चर्चित छन् । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल भएका विक्रमको निधनको खबर नेपाली सांगीतिक क्षेत्र स्तब्ध भएको छ ।