Breaking News

हिजोबाट कर्णाली प्रदेशमा हिमपात र वर्षात

सुर्खेत । हिजोबाट कर्णाली प्रदेशमा हिमपात र वर्षात भएको छ । हिजो बिहानैबाट कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपात र वर्षा आज शनिबार पनि निरन्तर छ । हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो ।

हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरू बताउँछन् । ‘पानी नपर्दा लगाएको गहुँ लगायतका अन्नबाली सुक्नै लागेका थिए, पानी आउँदा थोरै भएपनि राहत भयो,’हुम्लाका रत्नप्रसाद जैसी भन्छन्, ‘खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन ।