Breaking News

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प जाँदा त्यसपछि २३ वटा परकम्प

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा त्यसपछि बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयले भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उनले बताए । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भएको भने छैन्।

विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटाइएको छ ।