-कृष्ण बहादुर कार्की
फागुन, म्याग्दी । पर्बत जिल्लाकोे जलजला गाउँ पालिका नेकपा एमाले वडा नं.२ कमिटी को पूर्ण दोस्रो बैठक प्रदेश कमिटी सदस्य तथा जलजला गाउँ कमिटीका इन्चार्ज लालबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
नेकपा एमालेले सञ्चालन गरेको वडा र जरा केन्द्रित ९९ दिने पहिलो अभियान अन्तर्गत जलजला २ वडा वाट सुरु गरेको छ। संगठन सुदृढीकरण ,८२ सालको सदस्यता नवीकरण ,विभिन्न जनबर्गिय संगठन बिस्तार , प्रशिक्षण कार्याक्रम, टोल( टोलमा जनताको आधारभुत आवश्यकता र समस्य को पहिचान र घरदैलो कार्यक्रम सहित को महत्त्वपूर्ण निर्णय गरेको छ।
नेकपा एमाले प्रदेश, जिल्ला र पालिका कमिटीको प्रमुख सहभागितमा बराइली बन्धु समाजको हलमा सम्पूर्ण वडाभित्रका नेकपा एमालेको विचार , सिद्धान्तको र आस्था राख्ने कार्यकर्तालाई आउदो फागुन २० गते प्रशिक्षण कार्यक्रम गर्ने वडा कमिटी अध्यक्ष अर्जुन अधिकारिले बैठकको एजेन्डा प्रस्तुत गरेका थिए ।
वडा कमिटीका उपाध्यक्ष कृष्ण कार्की ले उपस्थिति सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै बैठकले अघि सारेका सम्पुर्ण प्रस्ताव तथा एजेन्डाहरूलाई सफलता पुर्वक सञ्चाल र कार्यन्वयन गर्नका लागि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लालबहादुर अधिकारीले सम्पूर्ण मिसन ८४ को उदेश्य प्रष्ट पार्दै देशको बिद्यामान जनताको समस्य समाधान र राष्ट्रको समग्र बिकास निर्माण सघै समग्र जलजलाको समृद्धि , बिकास र निर्माण गर्नकोको लागि सम्पूर्ण वडा, पालिका, प्रदेश , केन्द्र सहितको एमालेको बहुमतको सरकार भए मात्रै सम्भव हुने बताए ।
पालिका कमिटी अध्यक्ष नर बहादुर कार्कीले पर्बत जिल्लाका २ नगरपालिका र ५ गाउँ पालिका मध्ये पार्टीले गर्नुपर्ने सम्पूर्ण काम कर्तव्य र मुल्यांकनमा जलजला गाउँ पालिका प्रथम भएको बताए। त्यसैगरी वडा र जरा केन्द्रीत ९९ दिने अभियान सफल बनाउनको लागि प्रत्येक वडामा पार्टी ले गर्नुपर्ने सम्पूर्ण काम गर्दै प्रत्येक वडाले वार्षिक कार्ययोजना बनार्इ जनताको मनोभावना अनुसार काम गर्न अनुरोध गरे ।
पर्बत जिल्ला कमिटी सदस्य तथा ३ नं. वडा इन्चार्ज हेम कुमारी अधिकारिले पार्टीले सञ्चालन गरेको अभियानको बारेमा बताइन ।
बैठकमा प्रदेश कमिटी सदस्य , जिल्ला कमिटी सदस्य , पालिका कमिटी सदस्यहरु र सम्पूर्ण वडा कमिटीका पदाधिकारीहरूको उपस्थितिमा वडा कमिटी का सचिव मनिलाल नेपालीले कार्यक्रम को सञ्चालन गर्नुभएको थियो ।