Breaking News

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना रोल्पाली कामदार मृत फेला

१६ फागुन, काठमाडौं । दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका(३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन् । हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए ।

खोजतलास गर्दै जाने क्रममा उनको शव बिहीबार साँझ सवा ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ
छ ।