Breaking News

तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो बाँकी भागमा मौसम मुख्यतया सफा रहने

काठमाडौं । देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली छ । तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र देशका बाँकी पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा देशका बाँकी पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।