१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलले पराजित हुन पुगेको छ । नेपालको लागि यो १३औं फाइनल खेल थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले उप बिजेतामै चित्त बुझाएको छ ।
खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको जितेर इतिहास रच्ने मौका गुमाएको थियो ।
म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।
अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको ३९ वर्ष करिब ४ दशकमा नेपालले अहिलेसम्म जित्न सकेको छैन।