१३ फागुन, धनगढी । कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ताले लम्कीचुहा नगरपालिका–५ की उर्मिला विष्टका ६ वर्षीय छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्यु भएको बताए ।
उनकाअनुसार पश्चिमबाट पूर्वतर्फ पैदल हिंडिरहेका बेला भ्यानले ठक्कर दिंदा घाइते भएका विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।