११ फागुन, काठमाडौं । जारी इन्टरनेशनल वुमन्स महिला च्याम्पियनसिप खेल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार बीचको खेल बराबरी सकिएको छ ।
बेलुका साँझ ६ बजे दशरथ रंगशालामा सूरु भएर भरखरै सकिएको खेल अवधिभित्र दुबै पक्षबाट २(२ गोल भएपछि खेल बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । दोस्रो हाफमा दुबै देशको तर्फबाट गोल गर्ने धेरै अवसर प्राप्त भएपनि ति प्रहारहरु गोल हुन
सकेनन् । निर्धारित समयभित्र र थपिएका समयभित्र समेत दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा समापन भएको छ । यी दुबै टिम एक खेल अगावै फाइनलमा पुगिसके थिए । आज पनि बराबरीमा खेल सकिएपछि अब फाइनल खेल आउँदो १६ गते बुधबार यी दुबै टिमबीच हुनेछ

