पूर्जराजा ज्ञानेन्द्र शाहलाई सांसद वामदेवको सुझाव सहितको चेतावनी दिएका छन् ।
आज आइतबारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पूर्व राजालाई पुन राजा बन्ने आश नपलाउन चेतावनी दिएका
छन् । पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा आफूलाई पुनः राजा बनाउन गरिएको आग्रहप्रति आपत्ति जनाए ।
गौतमले प्रधानमन्त्री हुन मन भए प्रजातान्त्रिक ढंगले राजनीति गर्न सुझाव दिए । गौतमले नेपालमा राजाहरूको शासन राजाहरूले नै समाप्त गरेको भन्दै द्वैध शासन गर्नेहरू पनि नेपालका पूर्व राजाहरू नै रहेको स्मरण गराए ।
‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्’, गौतमले भने, ‘राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए ।’
राष्ट्रको मालिक भइसकेका नपाली जनतालाई रैती बनाएर शासन गर्ने ज्ञानेन्द्र शाहलाई जनआन्दोलनको माध्यमबाट गद्दीबाट नागरिकस्तरमा झारिदिएको गौतमको भनाइ छ ।
‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस्’, गौतमले भने, ‘निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् । तर ज्ञानेन्द्रले फेरि राजा बन्ने कोसिस गरे ग्रेट ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्ने गौतमको चेतावनी
थियो ।

