Breaking News

हिसा समाजको लागि भन्दै विभिन्न सामाजिक क्रियाकलापहरु

अन्नपूर्ण केसी
आहा ! यस्तो पो सामाजिक उतरदायित्व निजी कम्पनीहरुले मुनाफाको केही हिसा समाजको लागि भन्दै विभिन्न सामाजिक क्रियाकलापहरु गरेका हुन्छन् । सरसफाई, रक्तदान, सहयोग, अनुदान आदि इत्यादि । तर भक्तपुरस्थित नेपाल इको प्यानलको शैलि भने फरक छ । उसले इन्जिनियरिङका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनका लागि सहयोग पुरयाइरहेको छ निरन्तर । इन्जिनियरिङका विद्यार्थीलाई पुस्तकमा पढेका विषयवस्तुलाई नजिकबाट व्यवहारिक रुपमा वुझन दिन हामीले हाम्रो कम्पनीलाई अनुसन्धान केन्द्रका रुपमा ठाउँं दिंदै आएका छौं, कम्पनीका प्रमुख कार्यकारी अधिकृत –इन्जिनियर कृष्णभक्त दुवाल भन्छन् । यस अनुरुप काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न इन्जिनियरिङ कलेजहरुमा अध्ययनतर विद्यार्थीहरुलाई सजिलै कारखानासम्म पहुँंच दिई अवलोकन भ्रमणको मौका दिंदै आएको सिइओ इन्जिनियर दुवालले जनाए । कम्पनीका सिनियर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले त्यस अनुरुप पछिल्लो हप्ता मात्रै दुई वटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले आफूहरुको उत्पादनको अवलोकन भ्रमण गरेको जनाए ।

हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (हिस्ट) इन्जिनियरिङ कलेज “सिभिल इन्जिनियरिङमा स्नातक“ का विद्यार्थीहरूले सिभिल इन्जिनियरिङ निर्माण सामग्री फिल्ड भ्रमणको रूपमा ईपीएस सिमेन्टमा आधारित हल्का स्यान्डविच प्यानलको विवरणहरू जान्न नेपाल इको प्यानल कारखानाको भ्रमण गरेको उनले जनाए । उनीहरूले भ्रमणको क्रममा निर्माण प्रक्रिया, मुख्य विशेषताहरू, इन्जिनियरिङ गुणहरू र सिभिल इन्जिनियरिङ निर्माणमा लागू हुने क्षेत्रको अवलोकन गरेका थिए । यसअघि नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा “डिप्लोमा होल्डर्सका लागि सिभिल इन्जिनियरिङमा स्नातक” का विद्यार्थीहरूले इपिएस सिमेन्टमा आधारित लाइटवेट स्यान्डविच प्यानल, तिनीहरूको निर्माण प्रक्रिया, मुख्य विशेषताहरू, इन्जिनियरिङ गुणहरू र निर्माणमा लागू हुने क्षेत्रबारे जानकारी लिन नेपाल इको प्यानल कारखानाको भ्रमण गरेका थिए ।

कम्पनीले जनाए अनुसार पछिल्लो एक वर्षमा मात्रै थुप्रै ईन्जिनियरिङ कलेजहरुका विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरिसकेका छन् । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । निर्माण सामाग्री भएकै कारण इन्जिनियरिंगका विद्यार्थीको लागि यो कारखाना सरोकारको विषय बनेको हो । नेपाल इको प्यानलको उत्पादन कारखाना भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

Annapurna kc