Breaking News

ताप्लेजुङमा केबुलरकार बिषयमा झडप हुँदा १२ जना घाइते

काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार नो केबुलरकार’ समूह र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना घाइते भएका हुन् ।

अधिकारी खड्काका अनुसार सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीको थियो । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।