Breaking News

नेपाल र लेबनानबीच साँझ ६ बजे खेल हुँदै

८ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । दशरथ रंगशालमा साँझ ६ बजे हुनेछ ।

त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ ले तथा नेपालले कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।

लेबनानसँग जित निकालेमा नेपाल फाइनल पुग्ने छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।