काठमाडौं । आज प्रजातन्त्र दिवस । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका छन् । सोही शुभकामना सन्देशका मार्फत् राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूको एजेण्डामा थप बल पुर्याएको बताएका छन् ।
उनले भने, वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरूको एजेण्डा रहेको उनको भनाइ छ ।
आफूहरू समयदेखि राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको लिङ्देनले उल्लेख गर्दै, आज प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको आह्वानलाई व्यवहारमा लागु गर्ने दुई वटा बाटो छ । एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट । राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरूसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौं ।
राप्रापाले राजसंस्थाको पुनःस्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए । पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे ।

