काठमाडौं । नेकपा एमालेले कारवाही गरेर निस्कान गरेका एमालेका पूर्व उपाध्यक्ष एवं नेता भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका
छन् । रावलले आज बिहान १५ बुँदामा वक्तव्य जारी गर्दै नेता रावलले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन् ।
रावलले भनेका छन्, ओलीलाई फौज्दारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापमा रहेकाहरूलाई संरक्षण गरेको, आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ’कारबाही’को डण्डा चलाउने, भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएकोलगायत आरोप लगाएका छन् ।
उनले हिजोको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूका प्रश्नहरूको उचित उत्तर नदिई उल्टै आक्रोश पोख्दै संसदीय अभ्यासको नै खिल्ली उडाएको आरोप लगाए जस्ता १५ बुँदामा आरोप लगाएका छन् ।
हेरौं रावलले ओलीलाई लगाएका आरोपहरु :



