Breaking News

विचाराधीन विधेयकहरूलाई अघि बढाउने सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले निर्णय

काठमाडौँ । एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठकले सदनमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने निर्णय गरेको छ । दुवै सदनले विचाराधीन विधेयकहरू अघि बढाउने, शिक्षा र निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पास गर्नुपर्ने निर्णय बैठकले गरेको बताइएको छ ।