Breaking News

शान्दार मःम पसलमा ग्यास विस्फोटमा घाइते भएका थप एक जनाको मृत्यु

काठमाडौं । केही दिन अघि काठमाडौको कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा १४ जनाए घाइते भएका मध्य ३ जनाकोे यस अगाडी उपचारकै क्रममा मृत्यु भएको थियो भने आज अर्का एक जनाको पनि मृत्यु भएको छ ।

मृत्यु भएका व्यक्ति काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भएका २५ वर्षीय छिरिङ लामाको उपचारका क्रममा मृत्यु भएको छ । ग्यास बिस्फोटनमा गम्भीर घाइते भएका ११ जनालाई कीतिपुरस्थित बर्न अस्पताल लगिएको थियो । जसमा आजको सहिति ४ जनाको मृत्यु भइसकेको छ भने अन्यको उपचार भइरहेको छ ।