काठमाडौं । सत्तापक्ष दलहरूको आज बसेको बालुवाटार बैठकमा पाँच वटा अध्यादेशमात्रै स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएका छ ।
बैठकमा भूमिसम्बन्धीबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने सहमति भएको एक जना नेताले बताए ।
ती अध्यादेशहरू फागुन ६ गतेको संसद बैठकमा निर्णयार्थ प्रस्तुत हुनेगरी प्रक्रिया अगाडि बढाउने सहमति भएको बुझिएको छ ।
सहमतिअनुसार आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई संसदको बैठकमा निर्णार्थ प्रस्तुत हुनेछन्।
भूमिसम्बन्धी अध्यादेशबारे भने थप छलफल गर्न दलहरू सहमत भएका छन्। भूमिसम्बन्धी अध्यादेश जसपा नेपाल र लोसपाले यथास्थितिमा स्वीकृत नगर्ने भनेका छन्।