Breaking News

प्यूठानका कांग्रेसले कुप्रचार गर्यो – सांसद सूर्य थापा

नेकपा (एमाले) का सांसद सूर्य थापाले प्यूठानका कांग्रेसले कुप्रचार गरेको आरोप लगाएका छन्।

कांग्रेसका प्यूठान जिल्ला सभापति विष्णुकुमार गिरीले शुक्रबार विज्ञप्ति जारी गरेर सांसद थापामाथि जिल्लामा आयोजना भएका विभिन्न कार्यक्रममा  अलोकतान्त्रि व्यहार देखाएको देखि गठबन्धको गरिमालाई बिखण्ड गर्ने ‘हेट स्पिच’ दिएको आरोप लगाएका थिए।

त्यसबारे सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्दै सांसद थापाले प्यूठानका कांग्रेसले कुप्रचार गरेर दिउँसै रात पार्ने कोशिस भएको बताएका हुन्।

उनले ‍फेसबुकमा एउटा भिडिओ पनि सार्वजनिक गरेका छन्। भिडिओमा कांग्रेसका कार्यकर्तालाई बोल्न लगाएर कांग्रेसकै कार्यकर्ता विमल पोखरेलको आइडीबाट टिकटक बनाएर आफूविरूद्ध भाइरल बनाइएको थापाले बताएका छन्।

‘काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गर्नुभएको वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको छ। यसका बारेमा नेकपा(एमाले), प्यूठानले संस्थागत रूपमा स्पष्ट गर्ने नै छ,’ थापाले फेसबुकमा लेखेका छन्।