Breaking News

अब एमाले सूर्य अंकित ढाका टोपीमा

नेकपा एमालेले पार्टीलेले आफनो पार्टीको राजनीतिक कार्यक्रममा नयाँनयाँ शैलीमा कार्यक्रमको शोभा बढाउने काम गरिरहेको हुन्छ । एमालेले यो भन्दा अघि पार्टी कार्यक्रममा ब्याजको सट्टामा पीपलको पात प्रयोग गर्ने, खादा(मालाको सट्टा रूद्राक्षको माला प्रयोग गर्ने, खादामा पनि ढाका कपडा प्रयोग गर्दै पार्टीलाई फरक देखाउन कार्यकर्तालाई नजिक ल्याउन र जनतालाई आर्षित गर्ने काम गरिरहेको बेला आज पार्टी कार्यालयमा केन्द्रीय विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल अन्य नेता तथा कार्यकर्ता एमालेको लोगो सूर्य अंकित ढाका टोपीमा सजिएर प्रस्तुत भएका थिए । यसले के सन्देश दिन्छ भने एमाले उत्पादन क्षेत्रमा पनि अगाडी छ भन्ने ध्यान देखाउछ ।