Breaking News

सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु

काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अन्सुअर नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट कलैया उपमहानगरपालिका–९ का प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’को मृत्यु भएको हो । हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।