Breaking News

काली भनेको आक्रोशमा प्रिन्सिपलकी छोरीले पन्यु तताएर ४ विद्यार्थीको गाला डामिन

काठमाडौं । तनहुँ भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापाल प्रिन्सिपलकी छोरी सुषमा श्रेष्ठतले पन्यु तताएर ४ विद्यार्थीको गालामा डाम्नेकी छन् । यस्तो हर्कत गर्ने उनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई तातो पन्युले गालामा डामेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो।

तातो पन्युले डामिएका विद्यार्थीको गालामा पन्युको छाप बसेको छ । कक्षाकोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्युले डामेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको थापाले बताए ।

अनुसन्धानका क्रममा शिक्षिकाले आवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ । यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका छन् ।