Breaking News

शंखरापुरमा स्कुल बस दुर्घटना ३ को मृत्यु घाइतेहरुको उपचार हुँदै

काठमाडौँ । चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७०५८ नम्बरको बस काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखुस्थित कात्तिकेमा दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । अन्य धेरै जना बिद्यार्थी घाइते भएका छन् । घाइते सुसाङ्क डोटेलको उपचारको क्रममा मृत्यु भएको छ । नेपाल मेडिकल कलेजमा एकजना र त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको छ ।

शंखरापुर अस्पतालमा ३ जना, नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार हुँदैछ । बसका स्कुलका व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिकनिक गएर फर्किँदा दुर्घटनामा परेको
हो । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

यसैबीच स्कुल बस दुर्घटना परी मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशा‌ङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार सुरेश स्कुलका शिक्षक थिए।

दुर्घटनामा परेर घाइते हुनेहरुः

१. फिलिप लामा (१० वर्ष, पिपुल्स लाइफ केयर)

२. प्रज्वल थापा (१० वर्ष, पिपुल्स लाइफ केयर)

३. भिम तामाङ, (११ वर्ष, पिपुल्स लाइफ केयर)

४. राम परियार (१६ वर्ष, १० वर्ष, पिपुल्स लाइफ केयर)

५. सुजन मगर (१६ वर्ष, पिपुल्स लाइफ केयर)

६. सिरिसा सिवेदी (१२ वर्ष, पिपुल्स लाइफ केयर)

७. प्रकाश बम (१६ वर्ष, पिपुल्स लाइफ केयर)

८. साधन विष्ट, (१२ वर्ष, पिपुल्स लाइफ केयर)

९. आराध्या शाह (१० वर्ष, पिपुल्स लाइफ केयर)

१०. आशिष तामाङ (१५ वर्ष, पिपुल्स लाइफ केयर)

११. स्नेहा राई (२१ वर्ष, पिपुल्स लाइफ केयर)

१२. गंगा ज्योति (४२ वर्ष, पिपुल्स लाइफ केयर)

१३.रन्जित थापा (१३ वर्ष, पिपुल्स लाइफ केयर)

१४. सुहाना गुभाजु (१३ वर्ष, पिपुल्स लाइफ केयर)

१५. श्रीशान्त पौडेल (१५ वर्ष, पिपुल्स लाइफ केयर)

१६. कल्पना रेग्मी (३२वर्ष, पिपुल्स लाइफ केयर)

१७. बिकल्प श्रेष्ठ (१० वर्ष, पिपुल्स लाइफ केयर)

१८. नाइस्का पाण्डे (२३ वर्ष, पिपुल्स लाइफ केयर)

१९. सुविता तामाङ (१४ वर्ष, पिपुल्स लाइफ केयर)

२०. निशान्त पौडेल (१४ वर्ष, पिपुल्स लाइफ केयर)

२१. सौगात मगर (१४ वर्ष, पिपुल्स लाइफ केयर)

२२. अबित खान (१० वर्ष, पिपुल्स लाइफ केयर)

२३. २ जनाको नाम नखुलेको ।

२४. आदित्य सुनार (१२ वर्ष, शंखरापु अस्पताल)

२५. धिरज साउद (१४ वर्ष, शंखरापु अस्पताल)

२६. सन्देश गिरी (१२ वर्ष, शंखरापु अस्पताल)

२७. सुशाङ डोटेल (मृत्यु)

२८. नेपाल मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको  ।

२९.त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।