काठमाडौं । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका १८ वर्षीय दिनेश रोकाया रहेका छन् ।
बीचलाइनकै एक युवकको बिहे भोजमा मदिराले मातेका आफन्तबीच कुटाकुट हुँदा बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानाले दिनेशमाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका दिनेशको आइतबार उपचारका क्रममा लखनउमा मृत्यु भएको हो ।
त्यस्तै कुटाकुटबाट पाँच जना घाइते भएका छन् । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् ।

