काठमाडौं । नेकपा (माओवादी केन्द्र) को माघ २१ गते बसेको पदाधिकारी बैठकले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ ।
आज जारी भएको अन्तरपार्टी निर्देशनअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले दुई विभाग आफैसँग राख्दै । अरु विभागको जिम्मेवारी तोएिको छ । अध्यक्ष प्रचण्डले वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी राखेका हुन् ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख भएका छन्। यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीले उपप्रमुखको जिम्मेवारी पाएका छन्।
उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्य व्यवस्था मामिला, उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई मानव संसाधन तथा सामाजिक क्षेत्र, पम्फा भुसाललाई समावेशी तथा सामाजिक न्याय क्षेत्रको जिम्मेवारी तोकिएको छ।
यसैगरी महासचिव देवप्रसाद गुरूङले संघीय मामिला क्षेत्रको संयोजकको जिम्वेवारी पाएका छन् ।
उपमहासचिव जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ भने अर्का उपमहासचिव वर्षमान पुनलाई आर्थिक क्षेत्रको संयोजक तोकिएको छ ।
प्रदेशका इन्चार्जहरुको पनि टुंगो लगाएको छ । कोशी प्रदेशमा हरिबोल गजुरेल इन्चार्ज रहँदा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, .धर्मशीला चापागाई र सुरेशकुमार राई सहइन्चार्ज बनेका छन् ।
मधेश प्रदेशमा मातृकाप्रसाद यादव इन्चार्ज र विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान सहइन्चार्ज, बागमति प्रदेशमा हितमान शाक्य इन्चार्ज र सहइञ्चार्जहरुमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल सहइन्चार्ज हुँदा गण्डकी प्रदेशमा दीनानाथ शर्मा इन्चार्ज हुँदा सहइन्चार्जमा हरिराज अधिकारी चयन भएका छन् ।
लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल इन्चार्ज र कुलप्रसाद केसी सहइन्चार्ज चयन हुँदा कर्णाली प्रदेशमा कालीबहादुर मल्ल इन्चार्ज र टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही सहइन्चार्ज बनेका छन् । सदुरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेल इन्चार्ज चयन हुँदा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका छन् ।

