नेपालगञ्जबाट काठमाडौं अउदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुखका अनुसार बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य यात्रु सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी प्रहरीको अनुुमान रहेको छ ।

