Breaking News

चितवनको इच्छाकामना नजिकै मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९  चौपाया मरे

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका– ४ लेवाटार नजिकै एक मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९  चौपाया मरेका छन् । उक्त दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

१४३ वटा खसी बोका लोड गरेर बर्दियाबाट काठमाडौँ आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक रोडको साइडमा अनियन्त्रित भई पल्टिएको हो ।

उक्त मिनी ट्रक बर्दिया राजापुर नगरपालिका ३ बस्ने वर्ष २५ का बुद्धिराम थारुको रहेको प्रहरीको भनाइ छ । चालक पनि उनी आफै रहेका थिए ।