आज एकै दिन २७८ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि

जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मन्त्रलयका प्रवक्ता विकास देवकोटाले जनाए अुनसार आज शुक्रबार देशैभरमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

मन्त्रालयका अनुसार दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण बताएको छ ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ ।

तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

त्यस्तै आज देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन् । पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ ।