Breaking News

झापाबाट काठमाडौं आउँदै गरेको बिद्युतीय गाडी सिन्धुलीमा दुर्घटना एक को मृत्यु, घाइतेहरू उपचार हुँदै

सिन्धुलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ३ः४५ बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ गढीमा बा ०१–०३० च ९६४२ नम्बरको विद्युतीय भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गाडी झापाबाट काठमाडौं आउँदै थियो। मृत्यु हुनेमा दोलखाको गौरीशंकर गाउँपालिकाका सुशान्त नेपाली छन्। उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। घाइतेहरू सबैको सिन्धुली अस्पतालमा उपचार भइहरेको छ।