नारायण र दुल्लु नगरपालिकामा आज साँझ ६ बजेबाट निशाज्ञा जारी

२३ जेठ, सुर्खेत । दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित देखिन थालेपछि दैलेखका दुई नगरपालिकामा नारायण र दुल्लुलाई नरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सो दुबै आज शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

समुदायस्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्केमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

भारतबाट फर्किनेको संख्या बढेसँगै दैलेखका नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ । नारायण नगरपालिकामा हिजो बिहीबार मात्र एक सय ८ जनामा संक्रमण देखिएको भने आज शुक्रबार ९४ जनामा कोरोना भाइरसका संक्रमित देखिएका छन् ।