Breaking News

सदाका लागि अस्ताए तुलबहादुर थापा

पर्वत, जलजला, बासखर्क । पर्वत जिल्ला जलजला गाउँपालिका–१ बाँसखर्क निवासी ५७ वर्षीय तुलबहादुर थापाको निधन भएको छ । थाापाको निधनले सिङ्गो बाँसखर्क समाजलाई नै स्तब्ध बनाउनुका साथै घरपरिवार र छरछिमेकलाई शोकाकुल बनाएको छ । थापा विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहनु भएको थियो । २०२४ साल साउन १ गते जन्मिएका थापाको मलद्धारमा भएको पायल्स रोग बल्झिएर पछि क्यान्सरमा परिणत भई शरिरलाई नै थाला परेको थियो । सोही क्यान्सर रोगलाई पराजित गर्छु भन्ने उच्च मनोबलका साथ रोगको उपचार नेपालमा मात्र नभएर भारतमा समेत भएको थियो ।

रोजगारीको शिलशिलामा लामो समय भारतमै जिवन विताएका थापा भारतमै रहँदा पायल्स रोगबाट ग्रसित हुनुहुन्थ्यो । त्यही पायल्स रोग पछि क्यान्सरमा बदलिंदा उहाँको शरीरले धान्नै नसकिने अवस्था सृजना भएको थियो । भारतमै केही समय रोजगारी गर्दै र रोगकोे उपचार हुँदै थियो तर रोगले झनझन थाला पर्न थालेपछि उहाँको परिवारले भारतको बसाई टुङ्गाएर आफ्नै जन्मस्थान नेपाल ६ महिना पहिला आएर भरतपुर क्यान्सर हस्पिटलमा उपचार गरिरहुनु भएको थियो । भरतपुर क्यान्सर अस्पतालमा रोगको निराकरका लागि (किमो) दिएर उपचार भईरहेकै अवस्थामा गएको माघ २१ गते उहाँलाई अचानक असहज महशुस भएपछि परिवारले हतारहतार अप्पताल लिने क्रममा बिच बाटोमै निधन भएको परिवार स्रोतले बताएको छ ।

स्वर्गीय थापाको ९२ वार्षिय आमा, एक छोरा, एक छोरी, एक बुहारी, श्रीमती र दुई नातीनातीमा रहेका छन् । यस दुखत अवसरमा स्वर्गीय मृत आत्माको चिरसान्ती र बैकुण्ठ बासको कामना गर्दै भावबिहालपरिवारजनमा धैर्यधारणाको शक्ति मिलोस ।

कृष्ण बहादुर कार्की