कर्णालीको प्रदेशमा आज एकै दिन १०० जनामा कोरोना भाइरसका संक्रमित भेटिए

२३ जेठ, सुर्खेत । कोरोना भाइरसका संक्रमित थपिने क्रममा कर्णाली प्रदेशको दैलेख जिल्लामा आज शुक्रबार एकै दिन ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाका एक÷एक जना कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमित भेटिएका हुन् ।