चितवन । साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध परेको रिटमा हिजो सुरु भएको थुनछेक बहस नसकिए पछि आज पनि हुँदै छ । हिजो थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई आज अदालत उपस्थित गराउने छ । हिजो थुनछेक बहस नसकिए अदालतले जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो । त्यसैको बिरुद्धमा हिजो चितवनमा रास्वपाका कार्यकर्ताले एकछिन नारा जुलुस लगाएका थिए ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बिहान १० बजेबाट बहस सुरु हुनेछ । सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।