काठमाडौं । प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला शाखाको छैटौं अधिवेशन आज सम्पन्न भएको छ। काठमाडौंको बाघबजार स्थित हाद्धिक होटलमा सम्पन्न अधिवेशनबाट ले लक्ष्मण शर्माको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरूपमा चयन गरिएको छ।
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पार्टीका उपहासचिव तथा सरकारका सुचना तथा सचार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नु भएको कार्यक्रमको अध्यक्षता संगठनका निवर्तमान जिल्ला अध्यक्ष मुकुल ढकालले गर्नूभएको थियो भने विशेष अतिथिमा पार्टीका पोलिट्ब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज र अन्य अतिथिमा सगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्षद्धय गणेश पाण्डे, रोजेश राई, महिला उपाध्यक्ष, संगठनका नेता तथा वरिष्ठ पत्रकार शन्तराम बिडारी, संगठनका नेता विश्वमणी सुवेदी संगठनका केन्द्रीय तथा प्रदेश तहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु र तमाम प्रेस चौतारी समर्थक पत्रकारहरुको माझमा जिल्ला सम्मेलन उद्घाटन भई नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा संचार मन्त्री गुरुङले सम्बोधन गर्नु भएको थियो । उहाँले संगठनलाई कसरी अगाडी बढाउने र संगठनको माध्यमबाट पार्टीलाई कसरी अगाडी लैजाने भन्ने सवालमा प्रेस चौतारी समर्थक साथिहरुले त्यतातिर पनि सोच्नु पर्ने बताए । राजनीतिक र पत्रकारिता विषयमा लामै बोलेका मन्त्री गुरुङले संगठन निर्माणका साथै पार्टीलाई पनि एक नम्बरको पार्टी बनाउन पत्रकारहरुको ठूलो भूमिका रहने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संगठनका केन्द्रीय अध्ययक्ष गणेश बस्नेतले, संगठन कसरी चलाउने र कस्तो संगठन बनाउने भन्ने सवालमा आफु सजक र सक्षम भएकाले आज आएर संगठनमा बसेर काम गर्नेलाई काम नगर्नेले धम्काएर आफु कोही कसैको धम्कीमा नडराउने बताए । उहाँले कुनै बेला आफ्नै पार्टीको संचार मन्त्री हुँदा ल्याएको बिधेयकको विरुद्धमा माइतिघर मण्डलमा बिरोधमा उत्रिने संगठनको अध्यक्ष पनि हुँ । त्यसैले राम्रो कामलाई राम्रो भनिने र नराम्रो कामलाई बिरोध गर्नु पर्दछ भन्ने मान्यताको मान्छे भएको बताए । सरकारले ल्याएको सामाजिक संजाल तथा मिडिया बिधेयक आफुले राम्ररी अध्ययन गरेको तर त्यसमा त्यस्तो असर पर्ने बुदा आफूले नदेखेको तर नेपाल पत्रकार महासंघले सो अध्यादेशको बिरुद्ध वकतव्य निकालिएकाले महासंघकी नवनिवार्चित अध्यक्ष निर्मला शर्मा कै अगाडी केही भन्नु पर्ने थियो तर उहाँ कामको व्यस्थताले अगामै जानु भएकाले मेरो यही कुरा सुनाइ दिन समेत अनुरोध गर्नु भएको थियो । अध्यक्ष बस्नेतले आफु केही दिनपछि संगठनबाट बिदा भए पनि एक शसक्त जुझारु संगठनको रुपमा खडा गरिने लगायतका विविध बिचार राख्नु भएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्षलाई कदर पसहित सम्मान गरिएको थियो । सोही अवसरमा जिल्ला पूर्व अध्यक्ष तथा संगठनका नेता एवं वरिष्ठ पत्रकार शन्तराम बिडारी पनि सम्मानित हुनु भएको थियो । उहाँले सम्मानित भएपछि भन्नुभयो, आजको यस सम्मानले मलाई पत्रकारिता क्षेत्रमा अझ थप उर्जाशिल दिलाउनुका साथै काम गर्ने हौसला थपेको बताए । यस प्रकारको सम्मानको अवसर मिलाउने संगठनका जिल्ला निवर्तमान अध्यक्ष र जिल्ला इन्चार्जका साथै समग्रम कार्यसमिति टिमलाई धन्यवाद समेत दिएका थिए ।

अधिवेशनले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारहरूको हकहित प्रवर्द्धन र पेशागत मर्यादा कायम राख्न विविध योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ। नवनिर्वाचित अध्यक्ष लक्ष्मण शर्माले समावेशी पत्रकारिता, पेशागत सुरक्षाको सुनिश्चितता र सशक्त संस्थागत विकासका लागि आफूहरू प्रतिबद्ध रहने बताए ।
नयाँ कार्य समिति
🔹 अध्यक्षस् लक्ष्मण शर्मा
🔹 उपाध्यक्षस् प्रविण रिजाल, शुभद्रा धिताल
🔹 सचिवस् श्रीकृष्ण ढकाल
🔹 सह(सचिवस् राजु नापित, उत्सव बजगाईं
🔹 कोषाध्यक्षस् कमल पन्थी
🔹 सदस्यहरूस् रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, राम कुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत, सुजन मैनाली रहेका छन् ।

