काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी वैशाख ६ गतेका लागि अफिसियल रुपमा कन्भेन्सन कल गरेकी हुन् । लियोको डिष्ट्रिक्ट कन्भेन्सन पनि सोही दिन हुनेछ
लायन्स र लियो डिष्ट्रिक्ट कन्भेन्सन व्यवस्थापनका डिष्ट्रिक्ट गभर्नरको प्रत्यक्ष निर्देशन र व्यवस्थापनमा परिचालित हुने गरी ३० वटा समिति बनाइएको छ । सबै समितिमा गरी २०७ भन्दा बढी लायन्स लिडरहरु कन्भेन्सन सफल बनाउन सक्रिय हुनेछन् । लायन्स क्लब अफ काठमाडौं बनस्थलीले होस्ट क्लब र पिआरओ चिफ लायन रामराजा थापाले मुख्य कन्भेनरको जिम्मेवारी प्राप्त गरेका छन् । तेस्रो कन्भेन्सनको चियरपर्सन लायन बसन्त कुमार गौतम छन् ।
कन्भेन्सनमा डिष्ट्रिक्ट ३२५ जे नेपालका लायन्स लिडर र सदस्य गरी करिब १ हजार ५ सय जनाको सहभागिता रहने अनुमान गरिएको छ । डिष्ट्रिक्ट ३२५ जे मा हाल १३० वटा क्लब र ३ हजार भन्दा बढी लायन्स सदस्यहरु छन् ।
कन्भेन्सन कल कार्यक्रममा हालसालै त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रमा कोषाध्यक्ष निर्वाचित पिडिजी लायन ध्रुर्ब बहादुर थापा र सदस्यमा निर्वाचित लायन रामराजा थापालाई सम्मान गरिएको थियो । त्यस्तै अमेरिकामा हुने डिष्ट्रिक्ट गभर्नर प्रशिक्षण कार्यक्रममा सहभागी हुन जान लागेका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ललाई विदाई गरिएको थियो ।
आगामी जुलाई १ बाट हालका फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्लले गभर्नरको जिम्मेवारी सम्हाल्नेछन् । साथै कन्भेन्सनमा हालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा नयाँ नेतृत्व चयन गरिनेछ ।