Breaking News

विपक्षी दलले अध्यादेशको शसक्त विरोध गर्ने सरकारले फास्ट ट्र्याकमा पास गर्ने रणनीति

१७ माघ, काठमाडौं । सरकारले सुंसद छलेर ल्याएका बिधेयकमहरु विपक्षी दलहरूको आज बसेको बैठकले सरकारले संसद् नरहेका बेला ल्याएका अध्यादेशको विरोध गर्ने भएका छन् ।
सरकारसँग प्रष्ट बहुमत छ । यसकारण सरकारलाई अध्यादेश अगाडि बढाउन समस्या हुँदैन ।

संसद् सचिवालयका अनुसार भोलि शुक्रबार नै सभामा विगतमा जारी भएका अध्यादेश पेस हुनेछन् । तर, त्यसलाई स्वीकृतिका लागि निर्णयार्थ पेस गर्नुपर्छ । संसद्ले स्वीकृत गरेपछि अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो सरकारलाई खुला हुन्छ ।

संसद् नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्छ । त्यसरी ल्याएको अध्यादेश अधिवेशन सुरु भएको पहिलो दिन नै पेस गनुपर्ने र त्यसको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर पास गरिसक्नुपर्छ ।

सत्तारुढ दलहरू पहिलो दिन सभामा अध्यादेश पेस गर्ने र माघ २४ गते निर्णयार्थ पेस गर्ने तयारीमा छन् । तर, अध्यादेश पेस हुँदा र निर्णयार्थ पेस हुँदा विरोध गरेर सरकारमाथि दबाब बढाउने विपक्षी दलहरूको तयारी छ ।
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय, सडक संघर्षको चेतावनी
सरकारले माघ २४ गते अध्यादेश स्वीकृत गराएर तत्काल अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर त्यसलाई फास्ट ट्रयाकमा पास गर्ने तयारी गरेका छन् ।
अध्यादेश प्रतिस्थापन विधेयकलाई पनि फास्ट ट्र्याकमा पास गर्न नदिने विपक्षी दलहको रणनीति छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा विधेयकहरूमाथि संसदीय विषयगत समितिमा छलफल हुनुपर्ने
बताउँछन् ।

‘अहिले फास्ट ट्रयाकको कुरा आइराखेको छ । म भन्छु– विधेयक छलफल गर्ने समितिमा हो । त्यहाँ अल्पमत र बहुमत हुँदैन । रौं चिरा छलफल गरिन्छ’ पूर्व सभामुख समेत रहेका सापकोटाले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने ।

उनका अनुसार सरकारले संसद् छल्न खोजिरहेको छ । यसका लागि अध्यादेश ल्याएको उनको आरोप छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे संसद्‌मा अध्यादेशको विरोध गरिने बताउँछन् । उनका अनुसार विपक्षमा रहेका दलहरूले एक स्वरमा अध्यादेशको विरोध गर्ने तय भएको छ ।