Breaking News

रास्वपा सभापति रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

लामिछानेलाई व्यक्तिगत रूपमा २ करोड बिगो पनि मागदाबी गरिएको छ । यसअघि रविसँग सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतबाट ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको वचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटी मागेको थियो ।