२३ पुस, काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको जानकारी
दिए । उनका अनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।
खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । यससँग नजिकका नेपालका जिल्ला ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा र दोलखा रहेका छन् ।
ती जिल्लामा भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।
केही समययता पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते ७.६ म्याग्निच्युडको भूकम्प गोरखा केन्द्रबिन्दु भएर गएको थियो ।