१९ पुस, काठमाडौं । आज बिहान नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको पनि बताए ।
प्रचण्डले जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ । यसको निम्ति राजनीतिक दलहरूका बीचमा सहमति र एकता हुन आवश्यक रहेको उनले बताए ।
‘नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने रहेछ’ प्रचण्डले भनेका छन्, ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त रु नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?