काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले विभिन्न रिक्त पदमा पदपूर्तीका लागि सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको
हो ।
जसअनुसार प्रहरी निरीक्षक ६८ जना, सहायक निरीक्षक ८३, जवान ९४१ र परिचर ८७ जना माग गरिएको छ । एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको छ ।
इच्छुक योग्यता पुगेका नागरिकले यहि पुस २४ गतेदेखि माघ २४ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ २८ गतेसम्म फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।