कोरोना भाइरसबाट नेपालमा १०औं व्यक्तिको मृत्यु

२२ जेठ, काठमाडौं . कोरोना भाइरस संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ ।

पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ज्यान गुमाएका पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी १८ गते मात्रै भारतबाट आएर शम्भु माविको क्वारेन्टिनमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई १९ गते अस्पताल लगिएको थियो । त्यही दिन उनको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । २० गते उनको निधन भएको हो ।

त्यसको दुई दिनपछि आज बिहीबार उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कारोना संक्रमणका कारण मृत्यु भएको घोषणा गरेको छ । यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।