Breaking News

माओवादीलाई पहिलो दल बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचारका खोलिने छ

१३ पुस, कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको पुनर्वासमा आज आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै तपाई जनताले पहिलो दल बनाइएमा माओवादीले भ्रष्टाचारका सबै फाइल खोल्ने बताएका छन् । उनले माओवादीलाई पहिलो दल बनाउन जनतालाई अपिल गरे ।

माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ । भ्रष्टाचारीलाई यसै छोडिने छैन । गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।

माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुनेसमेत जिकिर गरे । ‘यो सबैका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्कोपटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेको बताउँदै मिटर ब्याजको नाममा जनतालाई शोषण गर्ने मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याएको पनि स्मरण गरे ।

फरक प्रसंगमा उनले चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताए । सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उनले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वकअगाडि बढाउन पहल गर्ने धारणा राखे ।

राज्यसत्ताबाट विभेद् र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापूर्वक लागेको बताए।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड